रहेनन् पूर्वसांसद कमल पंगेनी

डिसी नेपाल
२० साउन २०७५ ३:५४

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति कमल पंगेनीको निधन भएको छ।

आइतबार बिहान स्याङ्जाको बयरघारीस्थित आफ्नै घरमा हृदयघातका कारण ५४ वर्षीय पंगेनीको निधन भएको हो। हृदयाघातका कारण पंगेनीको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नम्बर–२ बाट सभासद निर्वाचित भएका थिए। स्व. प‌ंगेनीका श्रीमती, एक छोरा र एक छोरी छन्।

सभापति पंगेनीको निधनमा कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *