पीएम कप क्रिकेटः गण्डकीका समिर कँडेलको अर्धसतक
काठमाडौं । प्रधानमन्त्रीकप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । शुक्रबार टीयू मैदान किर्तिपुरमा त्रिभूवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल चलिरहेको छ।
आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकीका समिर कँडलले अर्धसतक प्रहार गरेका छन् । उनले ८९ बलमा ५ चौकाको मद्दतमा अर्धसतक प्रहार गरेका हुन् । गण्डकीले ३५ ओभरमा ३ विकेट गुमाएर १३५ रन बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment