कोरोनाविरुद्धको खोप नेपालमा आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति
काठमाडौं। आपतकालीन प्रयोगका लागि भारतीय कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोपले अनुमति पाएको छ। शुक्रबार औषधि व्यवस्था विभागले भारतीय कम्पनी सिरम इन्टिच्युट अफ इन्डियाले विकास गरेको ‘कोभिशिल्ड’ नामक खोपको प्रयोगलाई अनुमति दिएको छ।
यो खोपले अनुमति पाएसँगै अब आपतकालीन रुपमा यो खोप नेपालमा प्रयोग गर्न पाइने भएको छ। खोपले अनुमति पाएसँगै यो खोप अब भारतबाट आयात गर्ने बाटोसमेत खुलेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा खोपबारे कुनै सम्झौता हुने विश्वासका गरिएका बेला खोपले अनुमति पाएको हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment