प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा कर्णालीसामु २०५ रनको लक्ष्य

डिसी नेपाल
६ माघ २०७७ १३:५५
36
Shares

काठमाडाैं। चाैंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ गर्दै गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनायो। गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय पारी खेरे। उनले ६४ बल खेल्दै तीन छक्का र ६ चौका हाने। यस्तै अर्जुन कुमालले ४६, विपीन खत्रीले ३२, विशाल पौडेलले १५ तथा दिनेश बुढामगरले १० रन बनाए।

बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारीले ३, अनुज चुनारा र दिवान पुनले दुई÷दुई तथा रवीन्द्र शाहीले एक विकेट लिए। अहिले कर्णालीले ब्याटिङ गरिरहेको छ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र प्रदेश नं २ बीच खेल भइरहेको छ। लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनायो। उसका लागि सन्दीप रिजालले ८३, सौरभ खनालले ५६, विक्रम भुसालले ३६, सन्दीप सुनारले ११, अमित तामाङले ११ तथा कृष्ण कार्कीले १० रन बनाए।

बलिङतर्फ प्रदेश नं २ का लागि हरिशङ्कर शाहले तीन, दिब्याङशु मल्लिकले दुई तथा शैफुल्लाह अन्सारी, कुमार थापा र विशाल सुश्लिङले एक एक विकेट लिए। अहिले प्रदेश नं २ ले २५८ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी प्रदेशविरुद्ध ब्याटिङ गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *