आइपिएलः कप्तान नै रिलिज गर्ने टिमको आश्चर्यजनक फैसला, रिलिज र रिटेनको पूरा सूची

डिसी नेपाल
८ माघ २०७७ ११:०७
648
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिगको १४ औं सिजनका लागि सबै टिमहरुले रिलिज र रिटेन गर्ने खेलाडीको अन्तिम सुची बुधबार जारी गरेका छन् । दिल्ली क्यापिटल्सले नेपाली खेलाडी सन्दिप लामिछानेलाई रिलिज गरेको छ । सन्दिपले गएको सिजन एउटा पनि खेल खेल्न पाएका थिएनन् । आइपिएल १४ का लागि ८ टिमले कूल ५७ खेलाडी रिलिज गरेका छन् । रोयल च्यालेन्जर्स बैंगलोरले सबैभन्दा बढी १० खेलाडी रिलिज गरेको छ । पंजाबले ९, राजस्थानले ८, मुम्बइले ७, चेन्नइ, कोलकाता र दिल्लीले ६–६ तथा हैदराबादले ५ जना खेलाडी रिलिज गरेका छन् ।

यसपटक आइपिएल टिमहरुले कैयौं आश्चर्यजनक फैसला गरेका छन् । राजस्थान रोयल्सले टिमका कप्तान स्टिभ स्मिथलाई नै रिलिज गरेको छ । स्मिथ यसपटक रिलिज हुने सबैभन्दा महंगा खेलाडी हुन् । उनको स्थानमा अब सञ्जु सामसनले राजस्थानको कप्तानी गर्नेछन् । पंजाबले ठूला हिटर मानिने ग्लेन म्याक्सवेललाई रिलिज गरेको छ । लासिथ मालिंगा १४ औं सिजनमा मुम्बइमा हुने छैनन् । उनले फ्रेन्चाइजी क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

रिलिज र रिटेन गरिएका खेलाडीहरुको सूची

१. रोयल च्यालेन्जर्स बैंगलोरले मोइन अली, शिवम दुबे, गुरकीरत सिंह मान, एरोन फिंच, क्रिस मोरिस, पवन नेगी, पार्थिव पटेल, डेल स्टेन, इसुरु उदाना र उमेश यादवलाई रिलिज गरेको छ । बैंगलोरले विराट कोहली, एबी डिभिलियर्स, युजवेन्द्र चहल, देवदत्त पडिक्कल, वाशिंगटन सुन्दर, मोहम्मद सिराज, नवदीप सैनी, एडम जम्पा, शाहबाज अहमद, जोश फिलिप, केन रिचर्डसन, पवन देशपांडेलाई रिटेन गरेको छ । बैंगलोरले अब ४ जना विदेशीसहित १३ खेलाडी थप्न पाउँछ ।

२. चेन्नइ सुपर किंग्सले केदार जाधव, हरभजन सिंह, मुरली विजय, पीयूष चावला, मोनू कुमार र शेन वाटसनलाई रिलिज गरेको छ । चेन्नइले एमएस धोनी, सुरेश रैना, केएम आसिफ, इमरान ताहिर, करण शर्मा, मिचेल स्यान्टनर, आर साई किशोर, लुंगी एनगिडी, रवीन्द्र जडेजा, नारायण जगदीशन, ऋतुराज गायकवाड, जोश हेजलवुड, अंबाती रायडू, दीपक चहर, फाफ डु प्लेसिस, शार्दूल ठाकुर, ड्वेन ब्राभो र साम करनलाई रिटेन गरेको छ । चेन्नइले अब १ विदेशीसहित ७ खेलाडी थप्न पाउँछ ।

३. सनराइजर्स हैदराबादले बिली स्टेनलेक, विराट सिंह, बावनका संदीप, फाबियन एलन र संजय यादवलाई रिलिज गरेको छ । हैदराबादले केन विलियमसन, डेभिड वार्नर, मनीष पांडे, प्रियम गर्ग, ऋद्धिमान साहा, जोनी बेयरस्टो, श्रीवत्स गोस्वामी, विजय शंकर, मोहम्मद नबी, मिचेल मार्श, जेसन होल्डर, अभिषेक शर्मा, अब्दुल समद, भुवनेश्वर कुमार, खलील अहमद, सन्दीप शर्मा, टी नटराजन, शहबाज नदीम, राशिद खान, बसिल थम्पी र सिद्धार्थ कौललाई रिटेन गरेको छ । हैदराबादने अब १ विदेशीसहित ४ खेलाडी थप्न पाउँछ ।

४. किंग्स इलेवन पंजाबले ग्लेन म्याक्सवेल, करुण नायर, हाडस भिलोजेन, जगदीश सुचित, मुजीब उर रहमान, शेल्डन कटरेल, जिमी नीशाम, कृष्णप्पा गौतम र तजिंदर सिंहलाई रिलिज गरेको छ । पंजाबले केएल राहुल, क्रिस गेल, मयंक अग्रवाल, निकोलस पूरन, मनदीप सिंह, सरफराज खान, दीपक हूडा, सिमरन सिंह, मोहम्मद शमी, क्रिस जोर्डन, दर्शन नलकांडे, रवि बिश्नोई, मुरुगन अश्विन, अर्शदीप सिंह, हरप्रीत बराड र इशान पोरेललाई रिटेन गरेको छ । पंजाबले अब ५ विदेशीसहित ९ जना खेलाडी थप्न पाउँछ ।

५. कोलकाता नाइटराइडर्सले टम बेन्टन, क्रिस ग्रीन, सिद्धेश लाड, निखिल नाइक, ह्यारी गर्नी र एम सिद्धार्थलाई रिलिज गरेको छ । कोलकाताले शुभमन गिल, आन्द्रे रसेल, दिनेश कार्तिक, नीतीश राणा, सुनील नरेन, कुलदीप यादव, लोकी फर्ग्यूसन, कमलेश नागरकोटी, शिवम मावी, प्याट कमिन्स, इयान मोर्गन, वरुण चक्रवर्ती, सिद्ध कृष्ण, रिंकू सिंह, संदीप वारियर, निखिल नाइक र राहुल त्रिपाठीलाई रिटेन गरेको छ । कोलकाताले १ विदेशीसहित ७ खेलाडी थप्न पाउँछ ।

६. मुम्बई इण्डियन्सले लासिथ मलिंगा, नाथन कुल्टर नाइल, जेम्स पेटिन्सन, शेरफेन रदरफोर्ड, मिचेल म्याक्लेंघन, प्रिंस बलवंत सिंह र दिग्विजय देशमुखलाई रिलिज गरेको छ । मुम्बइले रोहित शर्मा, सूर्यकुमार यादव, सौरभ तिवारी, जसप्रीत बुमराह, राहुल चहर, ट्रेंट बोल्ट, जयंत यादव, कीरोन पोलार्ड, क्रुणाल पंड्या, अनुकूल रोय, इशान किशन, क्विंटन डी कक, आदित्य तारे, धवल कुलकर्णी, जयंत यादव, क्रिस लिन, मोहसिन खान र अनमोलप्रीत सिंहलाई रिटेन गरेको छ । मुम्बइले ४ विदेशीसहित ७ जना खेलाडी थप्न पाउँछ ।

७. दिल्ली क्यापिटल्सले मोहित शर्मा, तुषार देशपाण्डे, कीमो पल, सन्दीप लामिछाने, एलेक्स क्यारी र जेसन रोयलाई रिलिज गरेको छ । दिल्लीले शिखर धवन, पृथ्वी शा, अजिंक्या राहाणे, ऋषभ पन्त, श्रेयस अय्यर, अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा, रविचन्द्रन अश्विन, ललित यादव, हर्षल पटेल, अवेश खान, प्रवीण दुबे, कगिसो रबाडा, एनरिच नोर्तजे, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, क्रिस वोक्स र ड्यानियल साम्सलाई रिटेन गरेको छ । दिल्लीले अब २ विदेशीसहित ६ खेलाडी थप्न पाउँछ ।

८. राजस्थान रोयल्सले स्टिभ स्मिथ, अंकित राजपूत, ओशेन थोमस, आकाश सिंह, वरुण एरोन, टम करन, अनिरुद्ध जोशी, शशांक सिंहलाई रिलिज गरेको छ । राजस्थानले संजू सामसन, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, रियान पराग, श्रेयस गोपाल, राहुल तेवतिया, महिपाल लोमरोर, कार्तिक त्यागी, एंड्रयू टाई, जयदेव उनादकट, मयंक मारकंडे, यशस्वी जायसवाल, अनुज रावत, डेविड मिलर, मनन वोहरा र रबिन उथप्पालाई रिटेन गरेको छ । राजस्थानले अब ३ विदेशीसहित ८ खेलाडी थप्न पाउँछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *