सशस्त्रका तल्लो तहका कर्मचारीलाई सहुलियत कर्जाको व्यवस्था

डिसी नेपाल
१० माघ २०७७ ११:०१

काठमाडौं। सशस्त्र प्रहरी बलले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर तल्लो तहका कर्मचारीहरुलाई सहुलियत कर्जाको व्यवस्था गरेको छ। तल्लो तहका कर्मचारीहरुलाई आवश्यक पर्ने सुविधिसहित सहुलियत कर्जाको व्यवस्था गरेको हो। स्थापना दिवसको सन्दर्भ पारेर सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले कार्यक्रमहरुको घोषणा गरेका छन्।

नयाँ कार्यक्रमअनुसार बहालवाला कर्मचारीलाई मासिक सहुलियत कर्जा दिने संख्या २ सय ५० बाट बढाएर २ सय ७५ पु-याइएको छ। यो अनुपातमा वार्षिक ३ हजार ३ सयले सहुलियतमा कोषबाट कर्जा पाउनेछन् । वीरगति प्राप्त सशस्त्र प्रहरीका एकल महिलालाई प्रोत्साहनस्वरूप वार्षिक २ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।

सिपाही/हवल्दारका लागि ४ लाख, असई/सईले ५ लाख र अधिकृत तहले ६ लाख रुपैयाँसम्म सहुलियत कर्जाको व्यवस्था गरिएको छ। यस्तै, बहालवाला तथा अवकाशप्राप्त कर्मचारी र परिवार लक्षित अक्सिजन प्लान्ट स्थापना गरी निःशुल्क सेवा, संक्रामक रोग फैलिन रोक्न प्लाज्मा बैंक, मानव सेवा आश्रममा बसेका वृद्धवृद्धालाई एपीएफ अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने कार्यक्रम ल्याइएको छ।

यस्तै, हेडक्वार्टरदेखि गण तहसम्म अनिवार्य लाइब्रेरी स्थापना, गण तहसम्मका सबै युनिटमा शिशु स्याहार केन्द्र स्थापना, महिला सशस्त्र प्रहरीलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने कार्यक्रम छ।

यस वर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशिराज दाहाललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ पाएका छन्। साथै पूर्व बरिष्ठ उपरीक्षक धनबहादुर थापालाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए।

बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिम ढाका म्याराथन–२०२१ मा साउथ एशियन क्याटागोरीमा महिलातर्फ स्वर्ण पदक हासिल गर्न सफल नेपाल एपीएफ क्लबकी धावक सशस्त्र प्रहरी परिचर पुष्पा भण्डारीले पनि पुरस्कार पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *