प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

डिसी नेपाल
१० माघ २०७७ १३:१८

काठमाडाैं । चौंथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले जितका लागि ६३ रनको लक्ष्य पाएको छ। सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै ६२ रन मात्र बनायो।

मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बताए।

अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सक्नु भएन। बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिए। यस्तै अनिल खरेल र विक्रम भुसालले दुई/दुई तथा सन्दीप सुनार र दीपेन्द्र रावतले एक एक विकेट लिएका थिए।

समूह ’बी’ मा रहेको लुम्बिनी दुई खेलमा दुई अङ्क जोडेर तेस्रो स्थानमा छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश नं २ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी पुलिस क्लबसँग ७४ रनले पराजित भएको थियो।

यस्तै सुदूरपश्चिम हालसम्म दुई खेलमै पराजित भइ अङ्कबिहीन अवस्थामा छ। सुदूरपश्चिम पहिलो खेलमा वाग्मती प्रदेशसँग १८० रनले तथा दोस्रो खेलमा पुलिस क्लबसँग नौ विकेटले पराजित भएको थियो।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *