बौद्धमा खुल्यो ‘लि हिमालय फुटसल वेलनेश सेन्टर’

डिसी नेपाल
१० माघ २०७७ २२:३४
84
Shares

काठमाडौं। काठमाडौंको बौद्धस्थित श्रीनगरमा ‘लि हिमालय फुटसल वेलनेश सेन्टर नेपाल’को उद्घाटन गरिएको छ। कलाकार बुद्धि तामाङ, महिला बास्केटबलकी कप्तान सुदिना श्रेष्ठ र गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको उपस्थितमा उक्त फुटसलको उद्घाटन शनिबार गरिएको हो।

कार्यक्रममा फुटसलका प्रमुख खेम फुर्बा दोर्जे रिम्पोचेले तीन जना साथीहरु मिलेर उक्त फुटसल खोलेको बताए। उनका अनुसार मानिस–मानिस बीचको प्रेम, एकता, मैत्रीपूर्ण भाव तथा शान्ति कायमका लागि खोलिएको सो फुटसलमा आएर फिट र ठिक रहनका लागि फुटसल खेल्न सक्ने बताए।

खेलकुदले शारीरिक र मानसिक प्रशिक्षण गराउने हुनाले प्रत्येकले खेलप्रति सामाजिक जागरूकता जगाउनु पर्नेमा जोड दिदैं प्रमुख दोर्जेले भने, ‘मान्छेलाई चाहिने भनेको सुख, शान्ति, कल्याण हो। त्यसैले हामीले मिलेर शारीरिक रुपमा शरीरलाई कसरी फिट र ठिक राख्ने भनेर सोच्नु पर्छ। यहि कुरालाई मध्यनजर गर्दै यो फुटसल सेन्टर खोलेको हो, साथै सो फुटसलबाट आएको केहि रक्रम च्यारिटीमा जाने छ त्यस रकमले बच्चाहरुको पढाइमा, रहतका लागि प्रयोग गरिने छ ।

युवाहरूलाई शैक्षिक प्रशिक्षणमा प्रोत्साहित गर्नु, फुटबल र अन्य खेलहरूको अभ्यास गर्नुका साथै उनीहरूलाई व्यावसायिक बनाउन उक्त फुटसलले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख लामाको भनाइ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *