कांग्रेसको प्राथमिकता निर्वाचन

डिसी नेपाल
१२ माघ २०७७ ६:४२
332
Shares

काठमाडौं। नेपाली कांग्रेस गजबको पार्टी हो। इतिहास ठूलो तर बुद्धि सानो। नेताहरुको बुद्धिमा बिर्को लागेपछि सिङ्गो बागडोर छाडेर च्याँखे मार्दै हिँड्न खोजिरहेको छ कांग्रेस । कांग्रेस प्रमुख प्रतिपक्ष दल हो। अर्थात् वेटिङ गभर्मेन्ट।

यदि अहिले नै चुनाव भयो भने पनि ठूलो दल नेकपा फुटेपछि एक नम्बर पार्टी बन्ने निश्चित भएको अवस्था छ। कांग्रेस के चाहन्छ ? कांग्रेसभित्र तीन धार छन् । संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्ष । इतर पक्ष वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र त्यसभित्र पनि छुट्टै च्याँखे थाप्ने पक्ष कृष्णप्रसाद सिटौला पक्ष।

पार्टीभित्र यिनीहरुको त्रिशंकू गुट छ । शक्तिका लागि मिलिहाल्छन्। त्यसमा पनि देउवा सबैभन्दा अवसरवादी । गत वर्षको फागुनमा १४ औं महाधिवेशन गरेको भए देउवा कहाँ पुग्थे थाहा छैन । अहिलेको फागुनमा पनि महाधिवेशन गरेनन् । आउँदो भदौभित्र महाधिवेशन नगरे पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्छ ।

र पनि अहिले नै सत्तामा जाने जसरी नै लागिरहेको छ कांग्रेस । मुलुकमा प्रजातन्त्रका लागि लडेको पार्टी अहिले ‘स्वर्ग जान कूतीको बाटो’ जस्तै भएको छ । महान् लक्ष्य लिएको कांग्रेस प्रदेश सरकारमा ओलीसँग मिलेर जान खोज्दैछ । जबकि कांग्रेसले केही समय पर्खने हो र जनअपेक्षाअनुसारका काम गर्ने हो भने संघीयदेखि स्थानीय तहसम्म कांग्रेस नै कांग्रेसको लहर आउन सक्छ । देउवालाई भोलि नै मर्छुकि जस्तो लाग्दो हो सायद भोलि पर्खन चाहन्नन् ।

जे गर्ने हो आजै गर्न खोजिरहेका छन् । सम्भवतः कांग्रेस अब विघटित प्रतिनिधिसभा पुनःथापना गर्नुपर्छ भन्दै सडक संघर्षमा उत्रने छैन । विघटनविरुद्ध चार चरणमा देशव्यापी विरोध कार्यक्रम गरे पनि कांग्रेसको प्राथामिकतामा मध्यावधि निर्वाचन परेको छ । कांग्रेसले वडा तहसम्म विरोध सभा गरेर पार्टीलाई चलायमान बनाउने प्रयास गरेको छ । कांग्रेसभित्र विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गरिरहेको पौडेल समूहका नेताहरु पनि मध्यावधि निर्वाचनको पक्षमा खुलेर लाग्न थालेको आजको जनभावना साप्ताहिकले समाचार लेखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *