भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लगिदै
काठमाडाैं। नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैध रूपमा लैजाने गरेको पाइएको छ। नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन्। कतारी प्रतिनिधिले म्यानपावर कम्पनीको मिलेमतोमा अन्तर्वार्ता लएरै त्यसबाट छनोट गरी लैजाने गरेका खुलेको हो।
कतारी प्रतिनिधिले पहिलो चरणमा गत फागुनमै १ सय ७९ युवालाई वैधानिक तवरले लगेका थिए। तर दोस्रो चरणमा भने अवैधानिक तवरले ३ सय युवालाई कतार लैजान त्यहाँका प्रतिनिधिले अन्तर्वार्तासमेत लिएको थियो। वैदेशिक रोजगार विभागले भने यस घटनाप्रति नेपाललाई कतारले हेपेको बताएको छ।
विभागका महानिर्देशक कुमार दाहालले भने, ‘नेपाली युवालाई कतारले धमाधम भारतीय बाटो हुँदै लगिरहेको भन्ने सूचना प्राप्त भएको छ यो सरासर गलत काम हो, कतारबाटै श्रम सम्झौता उल्लंघन भयो।’
तर यसबारे विभागले भने त्यसरी कतार जानेहरूको धमाधम रेकर्ड राख्न थालेको पनि महानिर्देशक दाहालले बताए। आजको कान्तिपुर दैनिकमा समाचार छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment