पीएम कप : आर्मीलाई एपीएफद्वारा २४१ रनको लक्ष्य

डिसी नेपाल
१२ माघ २०७७ १३:०५

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत जारी खेलमा विभागिय टोली एपीएफले त्रिभुवन आर्मी क्लबलाई २४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरको खेलमा ४९ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २४० रन बनायो । एपीएफका लागि सुमित मर्हजनले सर्वाधिक ४६ रन बनाउदा ओपनर सुवाष खकुरेल (३८), सन्दीप जोरा (२८), अमर रौटेला (२६), कप्तान शरद भेषवाकर (२४) र वसन्त रेग्मीले (२०) रन बनाए ।

बलिङमा आर्मीका लागि हरि चौहानले ९ ओभर ४ बल बलिङ गर्दै एक मेडन सहित ५ विकेट लिए । आर्मीका शाहब आलमले २ विकेट लिदा आकाश चन्द, बिक्रम सोब र सुशान भारीले समान एक–एक विकेट लिए । २ सय ४१ रनको लक्ष्य पाएको आर्मीले केही बेरमा ब्याटिङ गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *