अनिल साहको अविजित पारीमा पुलिस क्लब विजयी हुदै सेमिफाइनलमा

डिसी नेपाल
१२ माघ २०७७ १६:३९

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (सोमवार) भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश २ लाई ४ विकेटले पराजित गरेको छ । टस जितेर पहिले फिल्डीङ गरेको विभागिय टोली नेपाल पुलिस क्लबका लागि ललित राजवंशीको ४ तथा सागर ढकालको २ विकेटमा प्रदेश २ लाई ४७ ओभरमा अलआउट बनायो । टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर खेल्दै सबै विकेट गुमाएर १६९ रन बनायो । प्रदेश २ का लागि ओपनर हरिशंकर साहले अर्धसतक बनाए । ८४ बलको सामना गरेका साहले ५ चौंका र एक छक्को मद्दतले सर्वाधिक ५३ रन बनाए । प्रदेश २ का अन्य खेलाडीहरुमा ओपनर हिमान्शु दत्त (१६), आदिल अंसारी (१५), कप्तान सुरज कुर्मीले (१३) रन बनाउदा रवि सिंह र बिशाल सुस्लिङले समान १२–१२ रन बनाए । बलिङमा पुलिस क्लबका ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए । आठ ओभर बलिङ गरेका ललितले एक मेडन सहित ३७ रन खर्चे । पुलिसका अन्य खेलाडीहरुमा सागर ढकालले २ विकेट लिदा पवन सर्राफले १ विकेट लिए ।

एक सय ७० रनको लक्ष्य पुलिस क्लबले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । पु्लिसको जितका लागि अनिल साहले ४७ रनको अविजित पारी खेले । ६९ बलको सामना गरेका उनले चार चौंका प्रहार गरे । पुलिसको जितमा ओपनर कुशल भुर्तेल (४३), दिपेन्द्र सिंह ऐरि (१७), अर्का ओपनर सुनील धमला (१३) र अमित श्रेष्ठले (१७) रन बनाए । बलिङमा प्रदेश २ का लागि विकेक यादव र कुमार थापाले समान २–२ विकेट लिए । जितसँगै पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *