ए डिभिजन फुटसल लिग आगामी वर्षको बैशाख र जेठमा

डिसी नेपाल
१३ माघ २०७७ १२:३५

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन फुटसल लिग आगामी वर्षको बैशाख र जेठमा पोखरामा आयोजना गर्ने भएको छ । लिगमा कुल दश टोलिहरु सहभागी हुनेछन् । प्रतियोगिता बैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म पोखरामा हुनेछ । एन्फाले लिगमा प्रदेश एक, गण्डकी, प्रदेश २, लुम्बिनि, सुदूरपश्चिम र कर्णालीबाट एक एक गरी छ टोलि र बागमती प्रदेशबाट चार गरी कुल दश टोलि सहभागी हुने जनाएको छ ।

प्रदेश १ को छनोट खेल चैत्त १ देखि पाँच गतेसम्म इटहरीमा हुनेछ । प्रदेश २ को छनोट खेल हेटौंडामा चैत्त ८ देखि १२ गतेसम्म हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट खेल चैत्त १९ देखि २३ गतेसम्म दाङमा हुनेछ । बागमतीको चार टोलिको छनोट खेल काठमाडौंमा चैत्त २५ गतेदेखि ३० गतेसम्म हुने निर्धारण गरिएको छ । गण्डकी प्रदेशको छनोट खेल बैशाख तीन गतेदेखि सात गतेसम्म पोखरामा सञ्चालन हुनेछ । एन्फाबाट जिल्ला फुटबल संघ र राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध ए, बी र सी डिभिजन क्लबलाई फुटसल प्रतियोगिता तयारीका लागि एक एक लाख सहयोग पाउनेछन् । प्रतियोगिताका विजेताले दश लाख रुपियाँ र उपविजेताले पाँच लाख रुपियाँबाट पुरस्कृत गरिनेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र इमर्जिङग खेलाडीले पच्चीस पच्चीस हजार रुपियाँ प्राप्त गर्ने एन्फाले जनाएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *