हजारौं नग्न फोटो लिक भएकी आफ्नी गर्लफ्रेण्डलाई राजाले दोस्री रानीको उपाधि दिए
काठमाडौं। केही समयअघि हजारौं नग्न फोटो लिक भएकी थाइल्याण्डका राजा महा वाजीरालंकर्णकी गर्लफ्रेण्ड सिनिनात वोङवाजीरापक्डीले अब देशकी रानीको उपाधि पाएकी छिन् । उनको ३६ औं जन्मदिनको अवसरमा राजाले उनलाई उपहारस्वरुप देशकी दोस्रो रानी बनाएका हुन् । यसअघि भने राजाले सिनिनातलाई १ नम्बरकी रानीको सम्मान नगरेको भन्दै जेलमा हालेका थिए । सिनिनात जेलबाट केही महिनाअघि मात्र छुटेकी हुन् ।
गत महिना सिनिनातले आफैं खिचेको दावी गरिएका हजारौं नग्न सेल्फीहरु लिक भएका थिए । यी सेल्फीहरु सिनिनातका विरोधीहरु तथा थाइल्याण्डमा राजतन्त्रविरुद्ध अभियान चलाइरहेका अभियन्ताहरुले विभिन्न मिडिया आउटलेटलाई पठाएको बताइएको थियो । पछिल्लो समय थाइल्याण्डमा राजतन्त्रविरुद्ध प्रदर्शन चलिरहेका बेला राजाले अचानक यस्तो निर्णय गरेका हुन् । केही समययता थाइल्याण्डमा राजतन्त्रको पुनर्संरचनाको मागसहित प्रदर्शन भइरहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment