प्लेअफमा पुग्न सकेन सन्दीप आवद्ध टिम होबार्ट

डिसी नेपाल
१३ माघ २०७७ १७:३३

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्स बिग बास लिग ९बीबीएल० टी(ट्वान्टी क्रिकेटमा पराजित भएको छ ।

मेलबर्नमा मंगलबार भएको खेलमा होबार्ट मेलबर्न रेनेगेड्ससँग १२ रनले पराजित भएको हो । यस हारसँगै होबार्ट बीबीएलको फाइनलमा पुग्न असफल भएको छ । लिगको शीर्ष ५ टोलीले प्ले अफमा स्थान बनाउने छन् ।

रेनेगेड्सले दिएको १ सय ५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होबार्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । होबार्टका लागि डेविड मलानले सर्वाधिक ३४ रन जोडे । यस्तै डी आर्सी शर्टले २९ रन जोड्दा पिटर हान्ड्सकम्पले १९ रन जोडे । रेनेगेड्सका ज्याक इभान्सले ५ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । रेनेगेड्सका लागि बेउ वेब्स्टरले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै वाल्टर हार्भेले ४० रन जोडे । साम हार्पेरले १९ रन जोड्दा साउन मार्श र इमाद वासिमले १२÷१२ रन जोडे । होबार्टका रिले मेरेडिथले ३ विकेट लिए ।

जितसंगै रेनेगेड्सले १४ खेलमा १६ अंक जोडेको छ । रेनेगेड्स पुछारमा रहेको छ । होबार्ट १४ खेलमा २८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *