आइपिएल लिलामीको मिति र स्थान तोकियो

डिसी नेपाल
१४ माघ २०७७ १५:४२

काठमाडौं। इण्डियन प्रिमियर लिगको लिलामीको मिति र स्थान तोकिएको छ । १४ औं सिजनको लागि मिनी अक्सन १८ फेब्रुअरीमा चेन्नइमा हुनेछ । आइपिएल व्यवस्थापनले सामाजिक संजालमार्फत यसको पुष्टि गरेको हो । यो सिजनको आइपिएलको आयोजनाको लागि पहिलो रोजाइको रुपमा भारतलाई राखिएको छ । भारतमा आयोजना गर्न नसकिने अवस्थामा दोस्रो विकल्पको रुपमा युएइलाई राखिएको छ ।

यसपटक आइपिएलका ८ फ्रेन्चाइजीहरुले कूल ५७ खेलाडी रिलिज गरेका छन् । राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथ र किंग्स ११ पंजाबले ग्लेन म्याक्सवेललाई रिलिज गरेका छन् । लिलामीमा यी खेलाडीमाथि महंगो मूल्य लगाइन सक्छ । रोयल च्यालेन्जर्स बैंगलोरले १०, पंजाबले ९, राजस्थानले ८, मुम्बइले ७, चेन्नइ, कोलकाता र दिल्लीले ६–६ र हैदराबादले ५ खेलाडी रिलिज गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *