मध्यरातमा सेनाका बख्तरबन्द गाडीले जब चक्रपथ परिक्रमा गरे
काठमाडौं। नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।
सितापाइलाबाट बसुन्धरा, सुकेधारा, चावहिल, गौशाला, तिनकुने, कोटेश्वर हुँदै परिक्रमा गरे। त्यसपछि बख्तरबन्द गाडीहरु कोटेश्वरबाट बालकुमार, सातदोबाटो, एकान्तकुना, बल्खु, सानेपा, कलंकी हुँदै फेरि सितापाइला ब्यारेकमा पुगे।
यसरी बख्तरबन्द गाडी सडकमा निस्किने बारे सेनाले आइतबार नै सार्वजनिक सूचना जारी गर्दै जानकारी गराएको थियो। जंगी अड्डाले यो सेनाको नियमति अभ्यास भन्दै कसैलाई भ्रममा नपर्न अनुरोधसमेत गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment