तनहुँमा एक हजार २०५ ले लगाए काेराेना विरूद्धकाे खोप

डिसी नेपाल
२० माघ २०७७ ८:०८
68
Shares

दमाैली । कोभिडविरुद्धको खोप अभियान सोमबारबाट सकिएको छ। यही माघ १४ गतेदेखि शुरुआत अभियानका क्रममा एक हजार २०५ ले कोभिड खोप लगाएका छन्। जिल्लास्थित सरकारी स्वास्थ्य संस्था, निजी स्वास्थ्य संस्था, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायतले कोभिड खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीका अनुसार खोप अभियानको अन्तिम दिन सोमबार ८६ ले खोप लगाएका छन्। यस अवधिमा व्यास नगरपालिकाका ३२७, म्याग्दे गाउँपालिकाका ५५, ऋषिङ गाउँपालिकाका ६५, शुक्लागण्डकी नगरपालिकाका १४२, भीमाद नगरपालिकाका १२३, घिरिङ गाउँपालिकाका ५७, भानु नगरपालिकाका १२८, बन्दीपुर गाउँपालिकाका ११६, आँबुखैरेनी गाउँपालिकाका ५८ र देवघाट गाउँपालिकाका १३४ जनाले खोप लगाएका छन्। खोप लगाएकालाई हालसम्म जटिल किसिमको लक्षण देखा नपरेको कार्यालयले जनाएको छ । कूल एक हजार ६७९ जनालाई खोप लगाउने लक्ष्य थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *