ललिता निवास प्रकरणः २ करोड धरौटी बुझाएर छुटे मीनबहादुर गुरुङ
काठमाडौं। बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लिएको प्रकरणका एक मुख्य अभियुक्त भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ २ करोड धरोटी मागेर छुटेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। मुद्दा दायरपछि बिहीबार गुरुङ विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको सँयुक्त इजलासले गुरुङसँग २ करोड धरौटी माग्ने आदेश गरेको थियो। गुरुङ धरौटी बुझाएर छुटेका हुन्।
गुरुङले २ करोड रुपैयाँ बराबरको बैंक ग्यारेण्टी बुझाएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment