सन्दीपले द हन्ड्रेड खेल्ने

डिसी नेपाल
२१ माघ २०७७ २२:४०
200
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। सन्दीपलाई ‘द हन्ड्रेड’ टिम ओभल इन्भेन्सीबल्सले रिटर्न गरेको छ। ओभलले सन्दीपसहित ११ खेलाडी रिटर्न गरेको छ। सन्दीपले ट्वीट गर्दै आफूले क्रिकेटको नयाँ प्रारुप द हन्ड्रेड खेल्ने बताएका छन्।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिताको नयाँ मिति भने तय भएको छैन। यसअघि गत जुलाईमा प्रतियोगिता आयोजना हुने तय थियो। एक सय बलको हुने प्रतियोगिता जुलाई १७ देखि १६ अगष्टसम्म हुने तय थियो। तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित भयो।

सन्दीपलाई ड्राफ्टबाट इन्भेन्सीबल्सले १ लाख पाउण्डमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *