आमहड्तालको बिहानै ट्याक्सीमा आगजनी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालको विहानै एउटा ट्याक्सीमा आगजनी भएको छ। नयाँ बसपार्क गोंगबुमा ट्याक्सीमा आगजनी भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिषरका अनुसार बिहीबार विहान ५ बजे गोंगबुमा प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो। जागनजी गर्ने व्यक्तिको परिचय नखुलेको प्रहरीको भनाई छ।
ट्याक्सीमा आगजनी गर्नेहरु प्रचण्ड–नेपाल समूहकै व्यक्ति हुन् वा अन्य भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment