घोषणा गरिएको चुनावको सामना गर्न उपप्रधानमन्त्री पोखरेलको चुनौती
काठमाडौं। उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले घोषणा गरिएको चुनावको सामना गर्न चुनौती दिएका छन्।
नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले घोषित चुनावलाई चुनौती दिँदै नहिँड्न अपिल गरे।
‘निर्वाचनमा जाने प्रधानमन्त्रीको घोषणालाई प्रचण्ड–माधव समूहले चुनौती दिनुभएको छ, निर्वाचन आयोगलाई धम्की दिइरहनुभएको छ,’ उनले भने, ‘यो संविधान र लोकतन्त्रविरोधी कुरा हो।’ ताजा जनादेशमा गएर जनताले जे निर्णय गर्छन् त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको पोखरेलले बताए।
पोखरेलले मृत्युमा जीवन खोज्ने प्रचण्ड र कुण्ठालाई प्रतिनिधित्व गर्ने माधव नेपालको मिलन कम्युनिष्ट आन्दोलनका लागि बाधक भएको टिप्पणी गरे।
पोखरेलले पाँच वर्षलाई निर्वाचित भएको प्रधानमन्त्रीलाई धक्का दिएर हटाउन खोज्ने, महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई महाधिवेशन अगाडि नै हटाउने षड्यन्त्र भएपछि नयाँ परिस्थिति सिर्जना भएको बताए। उनले प्रतिकूलताका बीच पनि आफूहरुले स्थायित्वका लागि काम गर्ने जिकिर गरे।







डिसी नेपाल







Facebook Comment