सिड्नीले तेस्रो पटक जित्यो बीबीएलको उपाधि

डिसी नेपाल
२४ माघ २०७७ २१:४६
48
Shares

काठमाडौं । अष्ट्रेलियन बिग बास लिगको उपाधि सिड्नी सिक्सर्सले जितेको छन् । शनिबार भएको फाइनलमा पर्थ स्कोचर्सलाई २८ रनले पराजित गरी तेस्रो उपाधि जितेको हो । योसँगै सिड्नीले लगातार दुई उपाधि पनि जितेको छ ।

सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले १ सय ८८ रन बनाएको थियो । त्यसका लागि जेम्स भिन्सले ६० बलमा १० चौका र ३ छक्काको मद्दतमा ९५ रन बनाए । यस्तै ड्यानिएल क्रिष्टियनले २० तथा कप्तान मोईज हेनरिक्सले १८ रन थपे। जोर्डन सिल्कले अविजित १७ रन बनाए । बलिङमा पर्थका झाय रिचर्डसन र एड्र्यू टायले २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको पर्थले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनायो । त्यसका लागि क्यामरुन बेनक्रफ्टले ३० तथा लियम लिभिङस्टोनले ४५ रन बनाए । यस्तै आरोन हार्डीले २६ रन बनाउँदा जोस ईंग्लिसले २२ रन बनाए । बलिङमा सिड्नीका बेन दर्सिसले ३ विकेट लिए । ड्यानिएल क्रिष्टियन, सिन एब्बोट र ज्याक्सन बर्डले समान २–२ विकेट लिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.