विराटनगरमा प्रिमियर लिग क्रिकेट हुने
विराटनगर । नेपाल अग्रवाल युवा मञ्चले रु चार लाखको लागतमा आठौँँै मारवाडी प्रिमियर लिग क्रिकेटको आयोजना गर्ने भएको छ । मारवाडी समुदायमा अति नै लोकप्रिय रहेको सो प्रतियोगिता आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म विराटनर महानगरपालिका–२ स्थित शङ्करपुरमा हुने नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष मोहित अग्रवालले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, महेश्वरी युवा मञ्च, ओस्वाल युवा मञ्च, नेपाल मारवाडी ब्राहम्ण युवा मञ्च र मेंढ स्वर्णकार युवा मञ्च गरी पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजयी हुने टोलीलाई ट्रफीका साथै रु ४१ हजार प्रदान गरिने छ । दोस्रो हुने टोलीलाई ट्रफी र नगद रु १५ हजार प्रदान गरिने अध्यक्ष अग्रवालले जानकारी दिए । यस्ता प्रतियोगिता नेपाल युवा मञ्चले निरन्तरता दिइरहेको र आगामी दिनमा पनि प्रतियोगिता गराइरहने मञ्चका उपाध्यक्ष प्रदीप अग्रवालले जानकारी गराए ।
विजेता टोलीले रु एक लाख ११ हजारको पुरस्कार पाउने
प्रथम पुरस्कार रु एक लाख ११ हजार पाउने उद्देश्यले फुटबल प्रतियोगिता पनि गरिने भएको छ । खेलका उपविजेता टीमलाई रु ७५ हजार पुरस्कारसहित शिल्ड प्रदान गरिने छ ।
प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडीलाई रु १५ हजार, उत्कृष्ट किपर, डिफेन्डर, उत्कृष्ट मिड फिल्डर तथा सर्वाधिक गोलकर्तालाई रु १० हजार पुरस्कार प्रदान गर्नाको साथै प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु तीन हजार १०० का दरले नगद प्रदान गरिने विराट बुद्ध स्पोर्टिङ क्लबका अध्यक्ष रोहित कोइरालाले बताए ।
विराट बुद्ध स्पोर्टिङ क्लब विराटनगरले फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । विराट बुद्ध स्पोर्टिङ क्लबद्व्रारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले खेलको माध्यमबाट युवाहरुलाई सक्रिय बनाउन तथा खेलाडी उत्पादन गर्न यस किसिमको खेलको आयोजना गरेको बताए ।
इन्टर कलेज अन्डर २१ नकाउट फुटबल प्रतियोगिता यही फागुन २८ गतेदेखि शुरु हुनेछ । खेलमा मोरङ जिल्लाभरिका आठ कलेजले सहभागिता जनाउने भएका छन् । फुटबल खेल विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा हुनेछ । प्रतियोगिताको विजेता टिमलाई रु एक लाख ११ हजार नगद र उपविजेता टिमलाई रु ७५ हजार पुरस्कारसहित शिल्ड प्रदान गरिने छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment