एनआरएनए इन्फ्रास्ट्रक्चरको अध्यक्षको जिम्मा पुनःलामिछानेलाई
काठमाडौं। आठ सयभन्दा बढी गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा संचालित गैरआवसीय नेपाली संघ (एनआरएनए) इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा पुनःजीवा लामिछाने सर्वसम्मत निर्वाचित भएका छन्।
कम्पनीको आइतबार सम्पन्न आठौं साधारणसभाले लामिछानेलाई पुनः आगामी कार्यकालको लागि सर्वसम्मतले जिम्मेवारी दिएको हो। नौ जना रहेको संचालक समितिमा एनआरएनए पूर्वअध्यक्ष शेष घले, संघका कोषाध्यक्ष महेश श्रेष्ठ, पूर्वकोषाध्यक्ष हिक्मत थापा, कृष्ण पाण्डे, भरत कुमार थापा, श्रीमती संगीता केसी, अम्बिकाप्रसाद पौडेल र कुल आचार्य रहेका छन्।
कम्पनीले उर्जा क्षेत्रमा लगानी गरेको छ। उसले दर्दी खोला, मध्य तमोर, तल्लो लिखु, माथिल्लो माइलुङ खोलालगायतको क्षेत्रको उर्जामा लगानी गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment