आयाेगलाई खनालकाे चेतावनी : आफ्नो समूहलाई आधिकारिकता नदिए अप्ठेरो अवस्था आउँछ

डिसी नेपाल
२८ माघ २०७७ १५:४३
72
Shares

काठमाडौं। नेकपा –प्रचण्ड–नेपाल) समूहका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूहलाई आधिकारिकता नदिए अप्ठेरो अवस्था आउने निर्वाचन आयोगका पदाधिकारीलाई चेतावनी दिएका छन्।

सो समूहले बुधबार राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै नेता खनालले आफूहरुको सभामा उल्लेख्य जनसहभागिता रहेकोतर्फ इंगित गर्दै नेकपाको कुन समूह आधिकारिक हो भनेर थाहा पाउन प्रदर्शनी मार्गमा आएर हेर्न आग्रह गरे।

‘नेकपाको आधिकारिक पक्ष हामी नै हौं, निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरु तपाईँहरुले जे कानुन मिलाउने हो, के प्रक्रिया मिलाउने हो, त्यो मिलाउनुस् तर अब हामीलाई आधिकारिकता दिने ढिला नगर्नुस्, ढिला गर्नु भयो भने अप्ठेरो स्थिति आउँछ, त्यो अप्ठेरो स्थिति के भने तपाईँहरु सबैलाई थाहा छ,’ उनले भने।

उनले आफूहरुको आन्दोलन प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन नभइ संविधान र लोकतन्त्रको रक्षाका लागि भएको उनले दाबी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *