केपी ओली लोकतन्त्रको हत्या गर्ने हत्यारा : माधव नेपाल
काठमाडौं। नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधव नेपाल माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई लोकतन्त्रको हत्या गर्ने हत्याराको संज्ञा दिएका छन्। बुधबार (प्रचण्ड–नेपाल) समूहले राजधानीमा गरेको विरोधसभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई लोकतन्त्रको हत्या गर्ने हत्याराको संज्ञा दिएका हुन्।
नेता नेपालले ओलीको शासनकालमा अहिलेसम्म ७ हजार १ सय ७० चेली बलात्कृत भएको दाबी गर्दै उनीहरुको आत्माले समेत ओलीलाई धिक्कारी रहेको बताए।
‘ओलीको शासनकालमा अहिलेसम्म सात हजार एक सय ७० चेली बलात्कृत भएका छन्। उनीहरुले ओलीलाई प्रश्न गरिरहका होलान्, ए ओली तिमीले कति जनालाई साजय दिएका छौ? कतिजना अपराधीलाई जेलमा कोचेका छौ, तिम्रो असंवेदनशीलतालाई देख्दा हामीलाई लाज लागिरहेको छ। तिमीजस्ता मान्छे नेपाली आमाले जन्माइन्, त्यो पार्टीले तिमीलाई त्यहाँ पुर्यायो, आज त्यो पार्टी पनि सक्नु भयो। लोकतन्त्र पनि सक्नु भयो,’ उनले भने।
नेपालले आफूहरुको पक्षमा व्यापक जनमत भएपनि ओलीले बुझ्न नसकेको आरोप लगाए। ‘तपाईँले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ, त्यो नाम बिर्सिनु भयो। अब पुशपतिनाथको नाम जप्न थाल्नु भएको छ। जो मानिस, असल छ, धर्म गर्नेलाई मात्र पशुपतिनाथले पनि माया गर्नेछन्। पापीलाई माया गर्दैनन्,’ उनले भने।







डिसी नेपाल








Facebook Comment