जसपा केन्द्रीय नेता हवारी नेकपा ओली पक्षमा प्रवेश
काठमाडौं। जनता समाजवादी पार्टीका केन्द्रीय नेता एवं मुस्लिम विभागका इन्चार्ज इस्लाम हवारी नेकपा (ओली) समूहमा प्रवेश गरेका छन्। शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले हवारीलाई पार्टी प्रवेश गराएका हुन्।
जसपाका केन्द्रीय सदस्य डा. शिवजी यादव नेकपा प्रवेश गरेको केही दिनपछि नै हवारी पनि नेकपा प्रवेश गरेका हुन्।
वीरगञ्ज निवासी हवारीले जसपाका अन्य नेतारकार्यकर्ताहरू पनि पार्टी प्रवेशको तयारीमा रहेको क्रममा रहेको जानकारी दिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment