गम्छाको सहयोगमा प्रहरी पुग्यो अपराधीसम्म
रौतहट। यही माघ २५ गते राति हत्या गरिएकी कान्तिदेवी कुशवाहाको हत्यारालाई बारा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–१ कचहरिया टोलका ४२ वर्षीय लालबाबुप्रसाद कुशवाहा र धनेश्वरीदेवी कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।
घटनास्थलबाट प्राप्त वस्तुको आधारमा प्रहरी हत्या आरोपीसम्म पुगेको हो। आरोपीको गम्छा घटनास्थलमा प्रहरीले फेला पारेको थियो। सोही आधारमा अनुसन्धान गर्दा हत्या आरोपी पक्राउ परेका हुन्। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment