म्यानमारमा विरोध प्रदर्शन गर्नेलाई २० वर्षको जेल सजाय

डिसी नेपाल
३ फागुन २०७७ २१:३९
164
Shares

नेपिद्व (एजेन्सी)। जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता हातमा लिएको म्यानमारको सैन्य सरकारले सैन्य सरकारविरुद्ध विरोध प्रदर्शन गर्नेमाथि कडा कारबाही गरिने घोषणा गरेको छ। बीबीसीका अनुसार कानुन संशोधन गर्दै सैन्य सरकारले विरोध प्रदर्शनमा सहभागी हुनेलाई २० वर्षसम्मको जेल सजाय र जरिमाना गर्न सक्ने व्यवस्था गरिएको छ।

यस्तो कानुन सोमबार घोषणा गरिएको हो। यो कानुनबारे घोषणा गर्नुअघि म्यानमारका सडकमा सेनाका बख्तरबन्द गाडी देखिएका थिए। सेनाले १ फेब्रुअरीमा आङ साङ सूची नेतृत्वको जनिर्वाचित सरकारलाई विस्थापित गर्दै सत्ता हत्याएको थियो। सूचीलगायत सयौं नेता तथा अभियन्ताहरुलाई गिरफ्तार गरिएको छ।

सैन्य कू पछि म्यानमारमा सडक प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले गिरफ्तार गरिएका नेताहरुको रिहाई र लोकतन्त्र बाहलीको माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *