टर्कीका १३ व्यक्तिको इराकमा भएको हत्या प्रकरणमा अमेरिकी राजदूतसँग छलफल

डिसी नेपाल
३ फागुन २०७७ २३:१६
1.3k
Shares

अङ्कारा । उत्तरी इराकमा टर्कीका १३ नागरिकको हत्या भएको सम्बन्धमा वाशिङ्गटनले उदासिनता देखाएको आरोप लगाउँदै अङ्काराले टर्कीका लागि अमेरिकी राजदूतसँग सोमबार जानकारी लिएको छ ।

अमेरिकी राजदूतलाई बोलाई उक्त हत्या प्रकरणमा अङ्काराले प्रतिबन्धित कुर्दिश समूहमाथि दोष लगाएको छ ।

टर्कीको विदेश मन्त्रालयका अनुसार मन्त्रालयले अमेरिकी राजदूत डेभिड सेटरफील्डसँग घटनाबारे अन्काराको असन्तुष्टिलाई कडारूपमा प्रस्तुत गरेको उल्लेख गरिएको छ । अमेरिका टर्कीका नागरिकको इराकमा भएको हत्याका सम्बन्धमा दुःखी बनेको अमेरिकी राजदूतले बताउनुभएको स्थानीय समाचारहरूमा उल्लेख गरिएको छ । तर टर्कीले भने घटनामा अमेरिकाले उदासिनता देखाएको दावी गरेको छ ।

इराकी कूर्दिस लडाकू समूहले घटनामा टर्कीकै सेनाको सम्लग्नता रहेको दावी गरेको छ । एजेन्सी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *