ट्रम्पले अर्को चुनाब नजित्ने प्रतिष्ठित अखबारको दावी, २०२४ मा उनैलाई उठाउने तयारी छ

डिसी नेपाल
४ फागुन २०७७ ११:२६
144
Shares

काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै २०२४ को राष्ट्रपति निर्वाचनमा समेत उम्मेदवार बनाउने रिपब्लिकन पार्टीले तयारी गरिरहेका बेला प्रतिष्ठित अखबार वाल स्ट्रिट जर्नलले ट्रम्पले अर्को चुनाब नजित्ने भविष्यवाणी गरेको छ । अखबारले यदि ट्रम्प २०२४ मा राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार भएमा यसले रिपब्लिकन पार्टीभित्र विभाजन ल्याउने र डेमोक्र्याटले जित्ने दावी गरेको छ ।

ट्रम्पले २०२० को निर्वाचनमा जो बाइडेनसँग हारे । अमेरिकाको संविधानअनुसार १ व्यक्ति २ पटक राष्ट्रपति बन्न पाउँछ । यस हिसाबले २०२२ मा पनि बाइडेन नै राष्ट्रपति पदको उम्मेदवार बन्ने अनुमान गर्न सकिन्छ । अमेरिकाको अढाइ शताब्दी लामो प्रजातान्त्रिक इतिहासमा सबैजसो राष्ट्रपतिहरु दोस्रो कार्यकालको लागि उम्मेदवार भएका छन् र तीमध्ये धेरैजसोले जितेका पनि छन् । केही सीमित व्यक्तिहरुले मात्रै दोस्रो कार्यकालको लागि चुनाब लड्दा हारेका छन् र ट्रम्प तिनै अपवादमध्येका १ हुन् ।

२०२४ मा बाइडेन नै उम्मेदवार बन्लान् भन्ने अनुमान गरिँदै गर्दा अर्कोतर्फ उनको उमेर पनि ध्यान दिनुपर्ने विषय बनेको छ । बाइडेन अमेरिकी इतिहासमै अहिलेसम्मका सबैभन्दा पाका राष्ट्रपति हुन् र २०२४ मा बाइडेन ८१ वर्षका हुनेछन् । यस्तो अवस्थामा २०२२ मा डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस वा अन्य कोही उम्मेदवार हुन सक्ने र त्यो अवस्थामा ट्रम्पले जित्न सक्ने रिपब्लिकनहरुले अपेक्षा गरेका छन् । तर, पछिल्लो विश्लेषणले रिपब्लिकनलाई धक्का लागेको छ ।

द गार्डियनका अनुसार करिब आधा रिपवब्लिकनहरु ट्रम्प नै पार्टीको प्रमुख रहुन् भन्ने चाहन्छन् । यसको अर्थ आधा अमेरिकी मतदाताहरु ट्रम्प राजनीतिबाट बाहिरिउन् भन्ने चाहन्छन् । अर्कोतर्फ हजारौं रिपब्लिकनहरुले ६ जनवरीको क्यापिटल हिल आक्रमणपछि पार्टी छाडेका छन् । शनिबार ७ रिपब्लिकन सिनेट सदस्यले ट्रम्पको विपक्षमा मतदान गरे । यो विभाजन उल्लेख्य हो र अविश्वासको प्रस्तावमा मतदानमा कुनै राष्ट्रपतिलाई आफ्नै पार्टीका सिनेटरले धोका दिएको सबैभन्दा ठूलो संख्या हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *