एनआरएनएले विश्वव्यापीरुपमा सुरु ग-यो निःशुल्क टेली हेल्थ सेवा

डिसी नेपाल
४ फागुन २०७७ १२:०६

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वव्यापीरुपमा टेली हेल्थ सेवा सुरु गरेको छ। एनआरएनए स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त पहलमा यहि फेब्रुअरी १२ देखि उक्त सेवा शुभारम्भ गरिएको हो।

एनआरएनएका अनुसार टेली हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्ने छन्। यो टेलि–हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु रहेका छन्।

मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुखसम्बन्धी स्वास्थ्य विज्ञदेखि डाईटिशियन, र फिजियोथेरापिस्ट, दन्त कित्सकलगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले परामर्श दिने छन्।

यसैगरी, मनोचिकित्सक, मनोपरामर्शदाता, स्नायू रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ, छारे रोग (एपिलेप्सी)का विशेषज्ञ, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम तथा उपचार विज्ञहरु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूबाट समेत सेवा लिन सकिनेछ।

सेवा कसरी लिने ?

एनआरएनए स्वास्थ्य समितिका अनुसार मोबाइलमा रहेको भाइबर, वाट्एपमार्फत टेलिहेल्थ कार्यक्रममार्फत स्वास्थ्य विज्ञसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने छ। सेवा लिनका लागि नेपाल बाहिर भए ९७४–५५५–६५३२० वा ९७७ ९८०–२३१–४७३९ र नेपालभित्र भए मोबाइल नम्बर ९८०–२३१–४७३९ मार्फत सम्पर्क गर्न सकिने छ। यो सेवा लिएबापत शुल्क लाग्ने छैन्। यस कार्यक्रममा सहभागी सबै स्वास्थ्य विज्ञ, चिकित्सकहरुलाई सेवा दिए बापत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *