अमेरिकी फर्मा कम्पनी फाइजरको खोपलाई प्रयोग गर्दै जापान

डिसी नेपाल
४ फागुन २०७७ १६:३२
80
Shares

टोकियो । जापानले अन्तत: फाइजर कम्पनीको खोप प्रयोग गर्ने भएको छ । जापानले भोलि बुधबार फेब्रुअरी १७ देखि कोभिड १९ खोप लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्यकर्मीबाट खोप अभियान सुरु गरिनेछ ।

सोमबार तल्लो सदनको बजेट समितिमा बोल्ने क्रममा प्रधानमन्त्री योशिहिदे सुगाले यस्तो बताएका हुन् । सरकारले आइतबार अमेरिकी फर्मा कम्पनी फाइजरको खोपलाई प्रयोगको अनुमति दिएको थियो । सकेसम्म छिटो खोप लगाउनका लागि विविध स्थल उपलब्ध गराइने सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका सांसद मुराई हिदेकीले बताएका थिए

खोप लगाउनको लागि कैयौं स्थानीय सरकारहरुले खोप लगाउने छुट्टै स्थल तोकेको र यसबाहेक स्वास्थ्य संस्थाहरुमा पनि खोप लगाउन सकिने गरी मिश्रित स्थल प्रयोग गर्ने योजना बनाइरहेको खोप अभियानका प्रमुख कोनो तारोले बताए ।

जेष्ठ नागरिकहरु खोपका लागि निर्धारित स्थलमा जानुपर्ने छैन । उनीहरुले स्वास्थ्य संस्थाहरुमै खोप लिन सक्ने समेत उनको भनाइ छ ।

खोपलाई माइनस ७५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरेर राख्नु पर्ने भएकोले फाइजरले सुरुमा डेलिभरी टुक्राउन मानेको थिएन । तर कम्पनीले अहिले यसको अनुमति दिएको र स्थानीय अधिकारीहरुले आफ्नो योजना अगाडि बढाउन सक्ने कोनोले जानकारी दिएका छ्न |


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *