उत्तरबाट सीमा नाघेर दक्षिण कोरिया छिर्ने एक व्यक्ति पक्राउ
बीबीसी । दुई कोरियाको सीमामा अवस्थित गैरसैनिकीकृत क्षेत्र नाघेर दक्षिणको भूमिमा प्रवेश गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। उनी उत्तर कोरियाली नागरिक भएको अनुमान गरिएको छ।
मङ्गलवार दक्षिण कोरियातिर प्रवेश गर्न खोज्दा ती व्यक्तिलाई सीमामा परिचालित दक्षिण कोरियाली सुरक्षाकर्मीहरूले तीन घण्टा निगरानी गरेका थिए।
उक्त स्थानमा भुइँमुनि बारुद बिच्छ्याइएको छ तथा सीमामा काँडेतार बारिएको छ। गत नोभेम्बरमा पनि एक व्यक्तिले त्यसरी नै सीमा पार गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment