म्यान्मारमा सैन्य शासकलाई राष्ट्रसङ्घको कडा चेतावनी

डिसी नेपाल
४ फागुन २०७७ १७:४१
44
Shares

बीबीसी । म्यान्मारमा सैन्य शासनविरुद्ध जारी विरोधलाई दमन गरिए सेनाले गम्भीर परिणाम बेहोर्नुपर्ने चेतावनी संयुक्त राष्ट्रले दिएको छ।

म्यान्मारका लागि राष्ट्रसङ्घका विशेष दूत क्रिस्टिन श्रानेर बर्गेनरले शान्तिपूर्वक भेला हुन पाउने अधिकारको सम्मान गरिनुपर्ने बताएकी छन्।

लगातार दुई दिन राति काटिएको इन्टरनेट मङ्गलवार बिहानदेखि चल्न थालेको छ।

माघ १९ गते सेनाले देशको शासन आफ्नो हातमा लिएपछि विरोधको स्वर दबाउन इन्टरनेट सेवामा नियन्त्रण गर्दै आएको छ।

राष्ट्रसङ्घीय विशेष दूतले सैन्य सरकारका उपप्रमुखलाई सोमवार फोनवार्ताको क्रममा चेतावनी दिएको राष्ट्रसङ्घका एक प्रवक्ताले बताएका छन्।

श्रानेर बर्गेनरले इन्टरनेट बन्द गरिएकोमा पनि आपत्ति प्रकट गरेकी थिइन्। अहिले पनि म्यान्मारमा विरोधप्रदर्शन हुने क्रम रोकिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *