अमेरिकाको टेक्सासमा भारी हिमपात, लाखौँ विस्थापित

डिसी नेपाल
४ फागुन २०७७ २२:२१
148
Shares

काठमाडौं । अमेरिकाको मुख्य राज्य टेक्सासमा भारी हिमपात भएको छ । प्रायः गर्मी हुने उक्त राज्यमा लगातार हिउँ परेर पछिल्लो ३० वर्षयतामा सबैभन्दा कम तापक्रम पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार टेक्सासका केही ठाउँमा तापक्रम माइनस १८ डिग्री सम्म पुगेको थियो ।

केही दिनदेखि लगातार परेको हिमपातका कारण त्यहाँका लाखौँ मानिस विस्थापित भएका छन् । टेक्सासको वातावरण अहिले उत्तरी ध्रुव जस्तै भएको र ‘भयानक सपना’ जस्तै लागेको स्थानियहरुले बताएका छन् । अमेरिकी राष्ट्रिय मौसम विभागका अनुसार उत्तरी ध्रुवबाट आएको वरफ जमेको आँधीले उक्त ठाउँको तापक्रममा भारी गिरावट आएको हो ।

टेक्सासको डालास सहरमा सोमबारको तापक्रम १४ डिग्री फरेनहाइट अर्थात माइनस १० डिग्री सेल्सियस पुगेको थियो । जबकी डालासमा पहिलेका वर्षहरुमा यो समयको तापक्रम ५९ डिग्री फरेनहाइट अर्थात १५ डिग्री सेल्सियस हुने गर्दथ्यो ।अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार राति टेक्सासमा आपतकाल घोषणा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *