बम बनाउन सिक्दै गर्दा अचानक विष्फोट, ३० जनाको मृत्यु

डिसी नेपाल
५ फागुन २०७७ १२:४२
1.2k
Shares

काठमाडौं। अफगानिस्तानको एक मस्जिदमा बम बनाउने कक्षा चलिरहेका बेला अचानक विष्फोट हुँदा ३० जना तालिबानी लडाकुहरु मारिएका छन् । डेलीमेलको रिपोर्टअनुसार अफगान नेशनल आर्मीले एक बयान जारी गर्दै यसको जानकारी दिएको हो । जानकारीअनुसार मारिएका लडाकुहरुमध्ये ६ जना विदेशी नागरिक थिए । यो दुर्घटना शनिबार बिहान भएको थियो ।

खामा प्रेस न्यूज एजेन्सीको रिपोर्टअनुसार दौलताबादको कुलतक गाउँको मस्जिदमा तालिबानी लडाकुहरुलाई बम र आइइडी बनाउने प्रशिक्षण दिइँदै थियो । अफगान नेशनल आर्मीका अनुसार विष्फोट निकै भीषण थियो र शव निकै क्षतिग्रस्त भएका छन् । शव क्षतविक्षत भएका कारण मारिएका विदेशीको पहिचान हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *