महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा जापानमा एक नेपाली पक्राउ

डिसी नेपाल
६ फागुन २०७७ १०:०४
1.2k
Shares

जापान । यौन दुर्व्यवहार गरेको आरोपमा जापानमा १ जना नेपाली पक्राउ परेका छन्। गिफू केनका रेस्टुरेन्टमा काम गर्ने ३३ वर्षका एक नेपालीलाई पक्राउ गरिएको हो।
गत फेब्रुअरी १६ तारिखमा प्रहरीले ती नेपालीलाई पक्राउ गरेको संञ्चार माध्यामहरुले जनाएका छन्।

जापानकी २० वर्षीया युवतिले फेब्रुअरी १५ तारिखमा चलिरहेको बसभित्र आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्। पक्राउ परेका नेपालीको परिचय भने खुलाइएको छैन।

युवतिले बसमा आफूमाथि दुव्र्यवहार भएपछि बसको चालक र त्यसपछि प्रहरीलाई फोन गरेकी थिइन्। प्रहरीका अनुसार ती युवतिले पनि आफ्नो परिचय खुलाउन चाहेकी छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *