कविता : सायद म पत्थर

डिसी नेपाल
८ फागुन २०७७ ८:३१
144
Shares

सायद म
पत्थर भएकी छु

आँशु सुकेको
आँखा भएकी छु

कुनैदिन कसैले
आँशु सँगै मोडेको
बाटो आज बाध्यतामा
हिँड्दा लाग्छ
म काँडा कुल्चँदै हिँडिरहेछु

पाइतालाले उसका यादका
बिषहरू छादिरहेछन्
बाटो भरी

शरीरभरी भरिएको
यादको विष
सहेर,समेटेर
भित्रभित्रै मुर्छित भैरहेछु

सायद
अब
कहिल्यै नब्यूतिने गरी।।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *