केही समय चुप लागेका राजावादी फेरि उत्रे सडकमा

डिसी नेपाल
८ फागुन २०७७ १४:४५
60
Shares

काठमाडौं। राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंमा प्रर्दशन भएको छ। शनिबार काठमाडौंको बानेश्वरमा राजावादीहरुले राजसंस्था पुर्नस्थापनाको माग गर्दै जुलुससहितको प्रर्दशन गरेका हुन्।

माइतिघर मण्डलाबाट सुरु भएको प्रर्दशन नयाँ बानेश्वर चोकमा आएर कोणसभामा परिणत भएको थियो। प्रर्दशनका अधिकांश सहभागीहरुले राष्ट्रिय झण्डा बोकेका थिए।

उनीहरुले हिन्दु अधिराज्यको स्थापना हुनुपर्ने, संघीयता खारेज हुनपर्ने, राजसंस्था पुनःस्थापना हुनु पर्नेसहितका माग गरेका छन्।

प्रर्दशनकारीहरुले राजा आउ देश बचाउ’, भ्रष्टचारी होसियार’, गणतन्त्र धोका हो,’ संघीयता खारेज गर’ लगाएतका नारा लगाएका थिए।

राजावादीहरुले केही समयअघि देशभरि नै राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राखी व्यापक प्रर्दशन गरेका थिए। तर, प्रर्दशन केही समय सुस्ताएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *