ओसाकाले जितिन महिलातर्फको अष्ट्रेलियन ओपनको उपाधि

डिसी नेपाल
८ फागुन २०७७ १६:२४
124
Shares

काठमाडौं। नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन्।

जापानी खेलाडी ओसाकाले मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै च्याम्पियन बनेकी हुन्। उपाधि जित्ने क्रममा ओसाकाले ब्राडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरिन्।

सन् २०१९ मा पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी ओसाकाको यो दोस्रो अष्ट्रेलियन ओपनको उपाधि हो।व्यक्तिगतरुपमा यो उनको चौंथो ग्राण्डस्लाम उपाधि हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *