प्रधानमन्त्रीले नेतृत्व गरेकाे नेकपामा फर्किए शेरबहादुर तामाङ

डिसी नेपाल
९ फागुन २०७७ ६:५९
224
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य शेरवहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राई प्रचण्ड– नेपाल समूह परित्याग गरि पुनः ओली पक्षीय नेकपामा फर्किएका छन्।

तामाङ पार्टी विभाजन लगत्तै एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड–नेपाल पक्षमा लागेका थिए।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का विघटित प्रतिनिधि सभाका सासंद समेत रहनुभएको तामाङले प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिड्न नसकिएकै कारण संस्थापन नेकपामा नै फर्किएको बताए।

उनले लोकप्रिय कम्युनिष्ट आन्दोलन पूर्वएमालेले बोकेको एजेन्डा भएकोले प्रधानमन्त्री समूहमा आफू फर्किएको बताए। उनले भने, ‘त्यो कम्युनिष्ट आन्दोलन अहिले प्रधानमन्त्रीले बोकेर हिँडिरहनु भएको छ, पूर्वएमालेको विचार मन पर्ने जो पनि यहाँ आउन मिल्छ,’ उनले भने। हिमालय टाइम्स दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *