आईपीओ भर्नेको संख्या बढेपछि सेयर पाइपलाईनमा १२ कम्पनी

डिसी नेपाल
१० फागुन २०७७ ६:५०
376
Shares

काठमाडौं । धितोपत्र बोर्डमा प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग गर्दै १ दर्जन कम्पनीले आवदेन दिएका छन्। आवेदन दिएका एक दर्जन कम्पनीलाई बोर्डले विभिन्न चरणमा अधययन गरिरहेको छ।

लगानीकर्ताले दोस्रो बजार भन्दा कम जोखिम हुने भएकाले आईपीओमा लगानी गर्छन। हाल नेपालमा आईपीओ खुल्ने वित्तिकै माग भन्दा अत्याधिक बढी आवेदन पर्ने गरेका छन्। आईपीओमा खरिद गरेको सेयर कित्ता दोस्रो बजारमा गएपछि बढ्दै जान्छ।

यसबीच यो वर्ष ११ वटा कम्पनीको आईपीओ निष्कासन भइसकेको छ भने १२ वटा कम्पनीहरु सेयर पाइपलाईनमा रहेका छन।

बोर्डमा आवेदन दिएका माध्ये ३ वटा कम्नीलाई बोर्डले प्रारम्भिक समिक्षामा राखेको छ। अरु ३ वटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइसकेको छ भने ६ वटा कम्पनी समीक्षा अवधिमै रहेका छन्। आजको राजधानी दैनिकमा खबर छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *