सामाजिक रुपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री राउत

डिसी नेपाल
११ फागुन २०७७ २३:२६
40
Shares

जनकपुर । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरण प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

जनता समाजवादी पार्टी, मिथिला बिहारी नगर समितिद्वारा आज मिथिलाबिहारी नगरपालिका–४ रमौलमा आयोजित मस्जिद शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको उपेक्षाको सिकार भई समाजमा पछि परेका वर्ग समुदायलाई मूलधारमा ल्याउन प्रदेश सरकारले सामाजिक रुपान्तरणको अभियानलाई अघि बढाएको बताए ।

प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘बेटी पढाउ बेटी बचाउ’ र आरक्षणको व्यवस्थाले सामाजिक रुपान्तरण भई सदियौँदेखि विभेदमा रहेका वर्ग राज्यको मूलधारमा ल्याउने विश्वाससमेत व्यक्त गरे । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *