एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

डिसी नेपाल
१२ फागुन २०७७ ९:०५
24
Shares

काठमाडाैं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ।

एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीको मुटु परीक्षणका लागि गङ्गालालसँग सम्झौता गरेको हो। एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। गङ्गालालले सम्झौतालगत्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका २० खेलाडीको मुटु परीक्षण गरेको एन्फाले जनाएको छ।

मुटु परीक्षण गराउने खेलाडीमा एरिक विष्ट, दीप कार्की, अजित भण्डारी, देवेन्द्र तामाङ, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, सुरज विक, आशिष लामा, त्रिदेव गुरुङ, छिरिङ गुरुङ, दर्शन गुरुङ, इशान खड्का, संजोक राई, रविशङ्कर पासवान, पाल्साङ लामा र रञ्जित धिमाल तथा एन्फा पदाधिकारी उपेन्द्रमान सिंह, इन्द्रमान तुलाधरलगायत छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *