भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छः प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरिने जनाएका छन् । उनले कुनै प्रतिशोध र पूर्वाग्रहका आधारमा निदोषर्लाई फसाउने गरी कुनै निर्णय नगरिने पनि स्पष्ट गरे ।
प्रमुख आयुक्तमा नियुक्त भएकामा आफूलाई बधाई दिन आयोग परिसरमा आज पुगेका काठमाडौं महानगरपालिका¬ २९ का स्थानीयवासी, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीसँगको कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।
मुलुकमा भ्रष्टाचार नरोकिएकामा चिन्ता व्यक्त गर्दै उनले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु चुनौती रहेको बताउँदै आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने जनाए । भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरिककोसमेत सहयोग आवश्यक परेको उल्लेख गर्दै उनले सोका लागि सबैको साथको अपेक्षा गरे ।
सो अवसरमा वडाध्यक्ष अध्यक्ष कुशकुमार ढकाल, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, सामाजिक विकास समाजका कार्यवाहक अध्यक्ष ओमप्रसाद उप्रेती, घट्टेकुलो नमूना नगर टोल सुधार समितिका अध्यक्ष इन्द्रसुर राई र समितिका कार्यक्रम संयोजक मोहनकुमार डाँगीले राईलाई बधाईसहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment