जिपको ठक्करबाट ललितपुरमा विद्यार्थीको मृत्यु
काठमाडौं । ललितपुरमा जिपको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएको छ। कोटेश्वर क्याम्पसमा अध्ययनरत उनलाई ललितपुरको नख्खुदोबाटोमा ठक्कर दिएको थियो।
प्रहरीका अनुसार विहान सवा ५ बजे सिन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो।
बाटो काट्दै गरेकी उनी क्याम्पस जान लागेको बेला उनलाई जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका ठक्कर दिएपछि ग्वार्कोस्थित बिएण्डबी अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो। जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment