विप्लवल समूह मूलधारमा फर्किएकाे दिन सेयर बजारमा उछाल

डिसी नेपाल
२० फागुन २०७७ १५:४७

काठमाडौं। साताको अन्तिम कारोबारोको दिन बिहीबार नेप्से परिसुचकमा हरियाली छायको छ। बिहीबार नेप्से ९० दशमलव ६७ अंकले बडेर २५ सय ६ दशमलव ६७ अंकमा बन्द भएको छ।

पछिल्ला केही दिन भारी अंकले घटेको बजार बिहीबार लयमा फर्किएको हो। सरकार र विप्लप नेकपाबीच शान्ति प्रक्रियामा आउन सहमति भएपछि बजारमा थप उत्साह थपिएको हो।

२ वर्षसम्म प्रतिबन्धित अवस्थामा रहेको विप्लप समूह लामो समयदेखि हिंसात्मक राजनीतिमको बाटो रोजेको थियो। बिहीबार सरकार र यो समूहबीच ३ बुँदे सम्झौता भएसँगै शान्तिपूर्ण राजनीतिमा फर्किने घोषणा गरेको छ। यसको असर सेयर बजारमा सकारात्मक देखिएको छ।

बिहीबार २ सय ६ वटा कम्पनीको १ करोड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता सेयर बारोबार हुँदा ६ अर्ब ५ करोड ८१ लाख भन्दा धेरैको कारोबार भएको छ।

बिहीबार सबै समूहका सूचकमा हरियाली छायो। यस दिन नेपाल इन्फ्रास्टक्चर बैंकको ५३ करोडभन्दा बढीको सेयर कारोबार भयो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *