पर्यटक आतिथ्यतामा नेपालीपन आवश्यक

डिसी नेपाल
२३ फागुन २०७७ १६:१३

काठमाडौं। पर्यटक सवारीचालक, ट्याक्सी चालक तथा रिक्सा चालकहरूसँगको अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पर्यटक प्रहरी इकाई भृकुटी मण्डपको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा शनिबार अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा बोल्दै सरोकारवालाहरुले पर्यटकहरू नेपाल आइसकेपछि पहिलो सम्पर्कमा सवारी चालकहरू हुने बताए। सवारीचालकहरुले गर्ने व्यवहारबाटै उनीहरुको नेपाल प्रतिको दृष्टिकोण बन्ने भन्दै उनीहरुले पर्यटकको आतिथ्यतामा नेपालीपन देखाउनु पर्नेमा जोड दिए।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओे) डा. धनन्जय रेग्मीले पर्यटन व्यवसायमा बोली व्यवहार र आतिथ्यताको महत्वपूर्ण भूमिका रहने हुँदा सवारी चालहहरूले सोही अनुरूपको व्यवहार आवश्यक भएको बताए। उनले चालकहरुलाई अतिथिदेवो भवः भन्ने नेपाली परम्परा र सभ्यताको अनुशरण गर्न सके त्यसको छाप विश्वभर फैलन सहयोग पुग्ने बताए।

कार्यक्रममा नेपाल प्रहरी अस्पतालका प्रहरी नायक उपरिक्षक (डीएसपी) डा.विवेकराज भण्डारीले कोभिड–१९को अवस्थामा पर्यटक र आफ्नो सुरक्षा तथा स्वास्थ्य मापदण्डका बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए। यस्तै नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपाल पर्यटन बोर्डले कोभिडको अवस्थामा गरेका कार्यहरु र भावी योजनाबारे जानकारी दिए।

यस्तै कार्यक्रममा नेपाल प्रहरी ट्राफिक महाशाखाका प्रहरी निरिक्षक दीपक भट्टले ट्राफिक व्यवस्थापन र होटल संघ नेपाल हानका पमुख कार्यकारी अधिकृत टेक महतले पर्यटनमा आतिथ्यता र सञ्चारको भूमिका तथा को बारेमा पर्यटक प्रहरी इकाई भृकुटी मण्डपका प्रहरी निरिक्षक चन्द्र किशोर साहले पर्यटक प्रहरीले गरिरहेका क्रियाकलाप र गर्नु पर्ने कामका बारेमा बताएका थिए। सहभागिहरुले यस्ता अनुशिक्षण कार्यक्रममले आफ्नो व्यवहार परिवर्तन तथा अन्य सिकाइमा सहयोग पुगेको धारणा राख्दै यस खालका तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिनुपर्ने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *